काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ ।इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ ।
स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको छ ।यसअघि हमासका नेता इस्माइल हानिया र इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनबीच भेट भएको थियो ।
भेटमा होसेन अमिरले एक हप्ताअघि हमासले इजरायलमाथि गरेको हमलाई ऐतिहासिक भनेका थिए ।हमासको आक्रमणपछि इजरायली जवाफी कारबाही तिव्र पारेको छ । इजरायली सेनाले उत्तरी गाजा खाली गर्न नागरिकलाई निर्देशनसमेत दिएको छ ।
तर हमासले नगारिकलाई उत्तरी गाजामा रोकेको र उनीहरुलाई अन्त जान नदिएको आरोप लगाएको छ ।हमासले गरेको आक्रमणबाट १ हजार ३०० जना र इजरायली सेनाले गरेको कारबाहीबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी