काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ ।इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ ।
स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको छ ।यसअघि हमासका नेता इस्माइल हानिया र इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनबीच भेट भएको थियो ।
भेटमा होसेन अमिरले एक हप्ताअघि हमासले इजरायलमाथि गरेको हमलाई ऐतिहासिक भनेका थिए ।हमासको आक्रमणपछि इजरायली जवाफी कारबाही तिव्र पारेको छ । इजरायली सेनाले उत्तरी गाजा खाली गर्न नागरिकलाई निर्देशनसमेत दिएको छ ।
तर हमासले नगारिकलाई उत्तरी गाजामा रोकेको र उनीहरुलाई अन्त जान नदिएको आरोप लगाएको छ ।हमासले गरेको आक्रमणबाट १ हजार ३०० जना र इजरायली सेनाले गरेको कारबाहीबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु