काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे । दसैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने उनले बताए । मन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैभर सञ्चालन गर्ने प्रतिबद्धता गरे ।
उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । उनले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलमा मर्मत गरेर काठमाडौं आइपुग्यो वायुसेवा निगमको जहाज
निगमद्वारा दुई वटा न्यारोबडी जहाज भाडामा लिन बोलपत्र आह्वान
निगमद्वारा क्यान्सर बिरामी तथा उनीहरूको कुरुवा ७७० जनालाई हवाई टिकटमा छुट
नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता
नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित
नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु