काठमाडौ । नेपालको थप स्थानबाट मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २७ गते) गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सबै क्षेत्रबाट तथा बागमती र मधेश प्रदेशका अधिकांश स्थानबाट मनसुन बाहिरिएको हो।
योसँगै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ भने बागमती र मधेश प्रदेशका धेरैजसो स्थानबाट मनसुन हटेको छ। अब मनसुन बागमती र मधेश प्रदेशका थोरै स्थान र कोशी प्रदेशमा मात्र बाँकी छ।
‘यस वर्षको मनसुन आज मिति २०८० असोज २७ गते (तद्अनुसार १४ अक्टोबर, २०२३) का दिन नेपालको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा बागमती प्रदेश र मधेश प्रदेशका अधिकांश भूभागबाट बाहिरिएको छ’, मौसम महाशाखाले शनिबार जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘यस अघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशको पश्चिमी भूभागबाट समेत मनसुन बाहिरीसकेको छ।’
मनसुन पूर्ण रूपमा बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ। यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु