काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका अध्यक्ष मोहन बैद्य किरणसँग भेटघाट गरेका छन् । नेता बैद्यलाई भेट्न साह उनको निवासमा पुगेका हुन् । सो क्रममा देशको समसामयिक विषयमा छलफल भएको बताईएको छ ।
आजपाले देशलाई सही दिशामा अघि बढाउनको लागि अग्रगमनकारी शक्तिहरुबीच सहकार्य गर्नुपर्ने बताउँदै आएको छ । सोही सन्दर्भमा अध्यक्ष साहले आज पूराना अग्रज एवम् सहयोद्धा नेतासँग आज भेटवार्ता गरेको आजपाका नेताहरुले जनाएका छ्न । अध्यक्ष साह जनताका माग र मुद्दाप्रति संवेदनशील छन् । उनी अहिलेको संविधानले देशलाई निकास दिन नसक्ने निश्कर्षमा पुगेका छन् । यस वर्षको संविधान दिवसको अवसरमा आजपाले संविधानको शव यात्रासमेत निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह