बेइजिङ । युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजरायलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिबार बताएका छन् ।
इजरायलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट सङ्गठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजराइलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ ।
‘युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको म भन्छु’, चीनको तीन दिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भने, ‘गाजा जस्तो परिस्थितिमा २४ घण्टाभित्र १०लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय सङ्कट मात्र हुन सक्छ ।’
युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजरायलको भ्रमणका क्रममा शुक्रबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समर्थन रहेको बताएका थिए । ‘युरोप इजरायलको पक्षमा उभिन्छ’, इजराइललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उनले भने ।
तर आफ्नो रक्षा गर्ने प्रक्रियामा इजराइल पनि अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ ।
‘स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको रक्षा गर्छौँ’, बोरेलले भने, ‘तर कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानून हो ।’

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ असोज २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा