काठमाडौँ । भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारसँग एकीकृत समाजवादीका नेता झलनाथ खनालले जवाफ मागेका छन् । एकीकृत समाजवादीका नेता एवं विदेश विभाग प्रमुख खनालले पनि शनिबार विज्ञप्ति जारी गरेर कुटी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण आश्चर्यजनक घटना भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले मोदीबारे जानकारी थियो कि थिएन ? सरकारसँग स्वीकृति लिएको थियो कि थिएन भनेर सरकारको जवाफ मागेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका विरुद्ध अर्को ठाडो अतिक्रमण हो,’ उनले भनेका छन्, त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ ।’
उनले अघि भनेका छन्, ‘त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? हाम्रो परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ ? सम्पूर्ण यथार्थ जनसमक्ष ल्याउन हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल
श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ : झलनाथ खनाल
मनमोहनलाई सम्झिँदै झलनाथले भने- छोटो समय प्रधानमन्त्री हुनुभयो तर अझै नेपालीले बिर्सिएका छैनन्
भारतले ४० रोपनी नेपालको भूमि कब्जा गर्यो : झलनाथ खनाल