काठमाडौँ । भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारसँग एकीकृत समाजवादीका नेता झलनाथ खनालले जवाफ मागेका छन् । एकीकृत समाजवादीका नेता एवं विदेश विभाग प्रमुख खनालले पनि शनिबार विज्ञप्ति जारी गरेर कुटी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण आश्चर्यजनक घटना भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले मोदीबारे जानकारी थियो कि थिएन ? सरकारसँग स्वीकृति लिएको थियो कि थिएन भनेर सरकारको जवाफ मागेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका विरुद्ध अर्को ठाडो अतिक्रमण हो,’ उनले भनेका छन्, त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ ।’
उनले अघि भनेका छन्, ‘त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? हाम्रो परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ ? सम्पूर्ण यथार्थ जनसमक्ष ल्याउन हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल