सत्ता गठबन्धन कायमै राख्ने देउवा,प्रचण्ड र शेखरबीच लिखित सहमति

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, ११ : ४८
सत्ता गठबन्धन कायमै राख्ने देउवा,प्रचण्ड र शेखरबीच लिखित सहमति

काठमाडौं । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।

शनिबार बिहान बालुवाटारमा यस्तो सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कांग्रेस सभापति र नेता कोइरालाले यस्तो गठबन्धन दायाँबायाँ नहुने लिखित कबुलियतनामा गरेका हुन् ।

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस