विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ ।
कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आज बिहान ८ बजेदेखि २ बजेसम्म हस्ताक्षर सनाखतका लागि सांसदलाई बोलाएका थिए ।
बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसैगरी काठमाडौंमा गठबन्धनको निर्णयपछि माओवादी केन्द्रका इन्द्र आङ्वोले पनि दाबी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की