एजेन्सी । क्यानडाको ओन्टारियो प्रान्तमा रहेको तीन हिन्दू मन्दिरमा तोडफोड र चन्दा बाकसबाट ठूलो मात्रामा नगद चोरी भएको घटना सार्वजनिक भएको छ ।
यस घटनामा संलग्नको खोजी भइरहेको दुरहाम क्षेत्र प्रहरीले जनाएको छ । प्रहरीले विज्ञप्तिमार्फत ५ फिट ९ इन्च अग्लो मानिसलाई देखिएको र शारीरिक रुपमा अशक्त देखिएको बताएको छ ।
क्यानडा प्रहरीका अनुसार ती व्यक्तिलाई अक्टोबर ८ मा पिकरिङको बेली स्ट्रिट र क्रसनो बुलेभार्ड क्षेत्रमा रहेको एउटा मन्दिरमा प्रवेश गरेको देखिएको थियो । उनले नीलो सर्जिकल मास्क, टाइट जिप हुड भएको कालो पुफी ज्याकेट, हरियो क्यामो कार्गो प्यान्ट र हरियो स्पोर्ट सुज लगाएको देखियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले निगरानी फुटेज फेला पारेको छ, जसमा एक व्यक्तिले राती १२ः४५ बजे मन्दिरमा प्रवेश गर्छन र चन्दाको लागि राखिएको बाकसबाट ठूलो मात्रामा नगद चोरेर हिडछन् । सुरक्षाकर्मी पुग्नुअघि नै उनी फरार भएको प्रहरीले जनाएको छ ।
तर केही समयपछि राती १ः३० बजे उनले पिकरिङको ब्रोक रोड र डरसन स्ट्रीट क्षेत्रमा रहेको अर्को मन्दिरमा तोडफोडसमेत गरेका थिए ।
एक व्यक्तिले झ्याल फुटाएर दानमा राखिएको तिजोरी चोर्न खोजेको मन्दिरका एक बासिन्दाले बताए । उनका अनुसुार तर उनी आफ्नो घृणित कार्य गर्न सफल भने हुन सकेनन् र प्रहरी नपुग्दै भागेका थिए । यो सबै फुटेजमा पुष्टि हुन्छ कि त्यो व्यक्ति त्यही संदिग्ध हो, जसले पहिले ब्रेक-एन्ड-इन्ट्री घटना गर्यो।
कुरा यहींमा मात्रै रोकिएको छैन । सोही दिन बिहान करिब २ः५० बजे सोही व्यक्तिले वेस्टनी रोड साउथ र अजाक्सको बेली स्ट्रिट वेस्ट क्षेत्रमा रहेको अर्को मन्दिरलाई निशाना बनाएर प्रवेश गरेका थिए । त्यहाँबाट उनले चन्दा बाकसबाट ठूलो मात्रामा नगद चोरेका थिए ।
प्रहरीले शंकास्पद व्यक्तिको बारेमा कसैलाई जानकारी पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । प्रहरीले सूचना दिने जो कोहीलाई २ हजार क्यानेडियन डलर नगद पुरस्कार दिने पनि घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ असोज २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी