चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रोपिएका बोटबिरुवाको संरक्षण गर्नु र नगर सफाइ राख्नु नागरिकको पनि दायित्व भएको बताएकी छिन् । भरतपुरको वाइपासरोडस्थित सडकको डिभाइडरमा वृक्षरोपण गर्दै वातावरण संरक्षण र नगर सरसफाइको दायित्व नगरवासीको पनि भएको प्रमुख दाहालले बताएकी हुन् ।
सडक डिभिजन कार्यालय भरतपुर ,राष्ट्रपति चुरे–तराई–मधेस समिति चितवन र भरतपुर महानगरको सहकार्यमा बाइपासरोडको सो क्षेत्रमा वृक्षरोपण गरिएको हो। रोपिएका बिरुवा उखेल्ने, भाच्ने र नोक्सान गर्ने गरेका सुचना आएकोले स्वयं नागरिक सचेत नभई संरक्षण र संवद्र्धन गर्न नसकिने मेयर दाहालको भनाइ थियो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरी तयारी गरिरहेको भरतपुर महानगरले नगरभित्र वृक्षरोपण र सरसफाइमा अभियान नै चलाएको छ।
राष्ट्रपति चुरे–तराई–मधेस विकास समिति चितवनका प्रमुख श्याम लोप्चनले लगाईएका बिरुवा संरक्षण गर्न स्थानीयलाई आग्रह गरे । बाइपासरोडको विशालचोकदेखि बसपार्कसम्म अघिल्लो चरणमा वृक्षरोपण गरिएको थियो भने अहिले विशशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिएको हो। उक्त क्षेत्रमा गरिएको वृक्षरोपण तथा संरक्षणका लागि सडक डिभिजन कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेस समिति र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान