चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रोपिएका बोटबिरुवाको संरक्षण गर्नु र नगर सफाइ राख्नु नागरिकको पनि दायित्व भएको बताएकी छिन् । भरतपुरको वाइपासरोडस्थित सडकको डिभाइडरमा वृक्षरोपण गर्दै वातावरण संरक्षण र नगर सरसफाइको दायित्व नगरवासीको पनि भएको प्रमुख दाहालले बताएकी हुन् ।
सडक डिभिजन कार्यालय भरतपुर ,राष्ट्रपति चुरे–तराई–मधेस समिति चितवन र भरतपुर महानगरको सहकार्यमा बाइपासरोडको सो क्षेत्रमा वृक्षरोपण गरिएको हो। रोपिएका बिरुवा उखेल्ने, भाच्ने र नोक्सान गर्ने गरेका सुचना आएकोले स्वयं नागरिक सचेत नभई संरक्षण र संवद्र्धन गर्न नसकिने मेयर दाहालको भनाइ थियो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरी तयारी गरिरहेको भरतपुर महानगरले नगरभित्र वृक्षरोपण र सरसफाइमा अभियान नै चलाएको छ।
राष्ट्रपति चुरे–तराई–मधेस विकास समिति चितवनका प्रमुख श्याम लोप्चनले लगाईएका बिरुवा संरक्षण गर्न स्थानीयलाई आग्रह गरे । बाइपासरोडको विशालचोकदेखि बसपार्कसम्म अघिल्लो चरणमा वृक्षरोपण गरिएको थियो भने अहिले विशशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिएको हो। उक्त क्षेत्रमा गरिएको वृक्षरोपण तथा संरक्षणका लागि सडक डिभिजन कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेस समिति र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना