डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता राईलाई पुरस्कार प्रदान

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १३ : ५६
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता राईलाई पुरस्कार प्रदान

काठमाडौं। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईलाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।राईको घरैमा पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद १ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

 

बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको डिश होमले जनाएको छ ।२०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद रु एक लाख जितेका थिए । 

 

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अफर सार्वजनिक गरेको हो ।यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबूक पेज र इमेज टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।यो अभियान सीमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस