काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।
कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । आङबोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यता एमालेको समर्थनमा कांग्रेस संसद केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। जसमा कांग्रेसका रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङकाे समर्थन छ ।
एमालेले उपसभामुखबाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित