चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ ? [सूचीसहित]

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १४ : ५५
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ ? [सूचीसहित]

काठमाडौं। सरकारले ४ प्रमुख जिल्ला अधिकारीसहित ५ सह-सचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले असोज २३ को निर्णयानुसार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला सर्लाही सरुवा भएका छन् भने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ ।यसैगरी इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँके सरुवा गर्दा गृहमन्त्रालय वा अन्तर्गत दरबन्दी रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ।

सहसचिव विपिन आचार्य बाँकेबाट गृह-मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् । 

हेर्नुहोस्, विवरण :

प्रतिक्रिया दिनुहोस