जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशन प्रतिनिधि र नेताहरू खाना खाएर बन्दसत्रमा गएका हुन् ।
बुधवार महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरे । बुधवार राति ८ बजे नै बन्दसत्र हुने भनिएको थियो । तर बन्दसत्र अघि प्रदेश नेतृत्वमा सहमति गर्ने प्रयासमा लागे । सहमति जुटाउने प्रयास विफल भएपछि बन्दसत्र सुरु गरिएको छ ।
प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी रहे पनि अहिले चार जनाको नाम मात्र चर्चामा छन् । जसमध्ये धनुषाकै तीन नेता लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव । यस्तै सिरहाका चन्देश्वर मण्डल पनि बलिया दाबेदार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प