इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, ०८ : ५६
इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ ।

अपराह्न साढे ४ बजे हुने प्रेस ब्रिफिङमा हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म ३२४ जनाले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये २८८ जनाले नेपाल फर्किन चाहेको बताएका छन् । बाँकी ३६ जनाले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेका छन् ।

असोज २० गते हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो । एकजना अझै सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस