काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिन सकेको छैन । मंगलबार पनि नेप्से सूचक थप १९.०६ अंकले घट्दै १८ सयको रेन्जमा झरेको छ । यो साताको आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से सूचक ६७ अंक हाराहारीले घट्दै १८ सय ८९.५९ विन्दुमा झरेको हो ।
जसअनुसार आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ ।
हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १.७९ प्रतिशतले घट्न पुगेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.६९ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.५८ प्रतिशतले, फाइनान्स समूहको १.३९ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक १.०६ प्रतिशतले घटेको छ ।
अरु समूहका उपसूचक १ प्रतिशत कमले घटेका छन् । आज अपर लाहोरे खोला हाइड्रोपावरका सेयरधनीहरुले ५.८६ प्रतिशतले कमाएका छन् भने बाराही हाइड्रोपावर पब्लिक कम्पनीका सेयरधनीहरुले ७.६४ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार