पोखरा । गण्डकी प्रदेशसभा अन्तर्गत संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । सभामुख कृष्ण धितालले सबैलाई शपथ गराएका हुन् ।शनिवार समितिको सभापतिको मनोनयन भएकोमा सबै समितिमा एक–एक जनाको मनोनयन दर्ता भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
अर्थ तथा विकास समितिमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का, सामाजिक विकास तथा कृषि समितिमा माओवादीका फडिन्द्र देवकोटा र सार्वजनिक लेखा समितिमा एमालेका सुधीरकुमार पौडेल सभापति चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
लेखा समितिको सभापति कांग्रेसलाई
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
रास्वपा मकवानपुरका सभापति पराजुलीद्वारा पार्टी परित्याग
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी