काठमाडौँ । सच्चिन नसक्ने भए सरकार छोड्न प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आग्रह गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको र सरकार सच्चिन जरुरी रहेको प्रधानमन्त्री प्रचण्ड सच्चिन नसक्ने भए सरकार छोड्नु पर्ने उनले बताएका हुन् । उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए । नेता कोइरालाले मतदातालाई समेत प्रश्न गरेका छन्, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरु सुध्रनुभो ?’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला