काठमाडौँ । सच्चिन नसक्ने भए सरकार छोड्न प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आग्रह गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको र सरकार सच्चिन जरुरी रहेको प्रधानमन्त्री प्रचण्ड सच्चिन नसक्ने भए सरकार छोड्नु पर्ने उनले बताएका हुन् । उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए । नेता कोइरालाले मतदातालाई समेत प्रश्न गरेका छन्, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरु सुध्रनुभो ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल