मनहरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरिएको बताएका छन् ।
सरकारले नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि काम गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले गाँउ-गाँउमा कृषि क्रान्तिको अभियान लिएर अघि बढन कार्यकर्तालाई आह्वान गरे ।
शुक्रबार हेटौंडामा आयोजित समाजवादी जागरण अभियान अन्तर्गतको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए । उनले ढिला सुस्ती र भ्रष्टाचार अन्त्य गर्न सके मात्रै जनताले न्याय पाउने भनाइ राखे । जनताको मनोबल उच्च नभए समाजको विकास नहुने भन्दै उनले सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औल्याए ।
जनतामा जानका लागि पार्टीको नाम मात्र नभई महाअभियान जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष नेपालले रोजगारी, समृद्धि र सुशासनको नाराका साथ आम नागरिकमा देशको वर्तमान अवस्था, आगामी दिनमा पार्टीले लिने रणनीति, कार्यदिशा लगायतका विषयमा जानकारी गराउन अभियान सञ्चालन गरिएको स्पष्ट पारे । उनले जनतासँग स्थापित हुन आफूहरु घर–घरमा आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा