कैलालीमा एक युवकमाथि हतियार प्रहार

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १९ : ०६
कैलालीमा एक युवकमाथि हतियार प्रहार

धनगढी  । कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ।

बिहीबार राति जानकी गाउँपालिका–९ मा  पूर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार ती युवकमाथि सोही स्थानका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।

हतियार प्रहारबाट गिरीको टाउकोमा चोट लागेको छ। उनको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको छ भने उदय बिक फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस