एभरेष्ट बैंकद्वारा रुपन्देहीका अटो तथा इ–रिक्सा चालकलाई क्यूआर कोड प्रदान

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १६ : ०२
एभरेष्ट बैंकद्वारा रुपन्देहीका अटो तथा इ–रिक्सा चालकलाई क्यूआर कोड प्रदान

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ ।लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले प्रालिका ५५ भन्दा बढी सदस्यहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उप–प्रमुख जागेश्वर देवी चौधरीले एभरेष्ट बैंकको यस वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधारणलाई सहज हुने बताइन् ।आगामी दिनमा सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने उनको विश्वास थियो ।

 

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरू माझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।

साथै यसले सम्पूर्ण त्तिलोत्तमावासीहरूमा सुरक्षित बैंकिङ्ग गर्न हौसला मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए ।स्थापना कालदेखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् ।​​​

देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस