काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समूहगत रुपमा विभाजित गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्र भनेको उन्नत एकताको आधार भएको बताए।
उनले भने, ‘अहिले हामीले आन्तरिक लोकतन्त्रलाई अबलम्बन गर्ने कुरा गरिराख्दा बाहिरबाट पार्टीलाई समूहगत रुपमा विभाजित गर्ने प्रयत्न भइरहेका छन्। सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा नेताहरुलाई जोडेर विभाजन गर्ने खेल भइरहेका छन्।’
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा एकपटकको प्रतिस्पर्धी सधैंको प्रतिस्पर्धी बन्न पुग्ने भएकाले त्यो कमजोरीबाट जोगाउनुपर्ने बताए। उनले भने, ‘हामीले अबलम्बन गर्ने लोकतन्त्रले उन्नत किसिमको एकताको माग गर्दछ भन्ने कुरालाई आत्मसाथ गर्न जरुरी छ। अहिले एउटालाई छाडेर सहमतिमा जाऔं भन्ने कोही प्रतिनिधिमा छैन।’
उनले भएसम्म समझदारीमा नभएर उन्नत लोकतन्त्रलाई अबलम्बन गरेर अघि बढ्न आग्रह गरे। उनले कामचोर र निष्क्रियलाई नेतृत्वमा नपुर्याउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार: शंकर पोखरेल
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
भोलि काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुनेछ: शंकर पोखरेल
हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल