काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समूहगत रुपमा विभाजित गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्र भनेको उन्नत एकताको आधार भएको बताए।
उनले भने, ‘अहिले हामीले आन्तरिक लोकतन्त्रलाई अबलम्बन गर्ने कुरा गरिराख्दा बाहिरबाट पार्टीलाई समूहगत रुपमा विभाजित गर्ने प्रयत्न भइरहेका छन्। सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा नेताहरुलाई जोडेर विभाजन गर्ने खेल भइरहेका छन्।’
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा एकपटकको प्रतिस्पर्धी सधैंको प्रतिस्पर्धी बन्न पुग्ने भएकाले त्यो कमजोरीबाट जोगाउनुपर्ने बताए। उनले भने, ‘हामीले अबलम्बन गर्ने लोकतन्त्रले उन्नत किसिमको एकताको माग गर्दछ भन्ने कुरालाई आत्मसाथ गर्न जरुरी छ। अहिले एउटालाई छाडेर सहमतिमा जाऔं भन्ने कोही प्रतिनिधिमा छैन।’
उनले भएसम्म समझदारीमा नभएर उन्नत लोकतन्त्रलाई अबलम्बन गरेर अघि बढ्न आग्रह गरे। उनले कामचोर र निष्क्रियलाई नेतृत्वमा नपुर्याउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल