बंगलादेशलाई ९ विकटले पाखा लगाउँदै भारत एसियाडको फाइनलमा

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, ११ : २४
बंगलादेशलाई ९ विकटले पाखा लगाउँदै भारत एसियाडको फाइनलमा

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फ भारत फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा बंगलादेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९६ रनमात्रै बनाउन सक्यो । उसका लागि जाकिर अलीले सर्वाधिक २४ रन बनाए भने परवेज हुसेनले २३ रन बनाए। भारतका लागि साई किशोरले १२ रनमा ३ विकेट लिए।

वासिङ्टन सुन्दरले दुई विकेट लिए। ९७ रनको लक्ष्य भारतले १०औं ओभरमै एक विकेट गुमाएर पूरा गरेको थियो। भारतका लागि भारतका लागि ओपनर यशष्भी जैसवाल शून्य रनमा आउट भए पनि रुतुराज गायक्वाडले २६ बलमा ४० र तिलक बर्मामाले २६ बलमा ५५ रन बनाउँदै खेल जिताएका थिए ।

अब भारतले उपाधिका लागि अफ्गानस्थान र पाकिस्तानबीच अहिले केहीबेरमा हुने अर्को सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस