एजेन्सी । सिक्किमको टिस्टा नदीको बाढीमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।
बाढीले पुल एक्कासि भत्किँदा धेरै मानिस बगे। सेना र एनडीआरएफ टोली बेपत्ता व्यक्तिहरूको खोजीमा व्यस्त छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका २२ जवानसहित ९८ जना अझै बेपत्ता छन्। ज्यान गुमाउने १८ जनामध्ये चारजना सेनाका ‘सिपाही’ हुन्।
समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीहरूले बाढीले सडक क्षतिग्रस्त भएको र १४ वटा पुल बगाएको बताएका छन्।
बाढीपीडितको उद्धारका लागि उद्धारकर्मी खटिरहेका छन्। सञ्चार प्रणाली अवरुद्ध भएको छ। जनताका लागि २५ वटा राहत शिविर स्थापना गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ असोज २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम