काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली सङ्घका आवासीय तथा स्वीडेन अधिराज्य, हङ्गेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
नेपालका लागि स्वीटरल्याण्ड र युरोपेली सङ्घका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र लरेञ्जो भरोनिक, स्वीडेन अधिराज्यका गैरआवासीय राजदूत जन थेसलेफ, हङ्गेरीका इस्टभान साबो र चेक गणतन्त्रका एलिस्का जिगोभाले राष्ट्रपतिसमक्ष ओहोदापत्र प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन