दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १८ : ४१
दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौं । नेपाल प्रहरीले विश्व कीर्तिमानी प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई बढुवा गरेको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई सहायक हवल्दारमा बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । 

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध थिए । उनी नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुन् । दीपेन्द्रले एसियाली खेलकुद (एसियाड) मा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउँदै दुर्लभ विश्व कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस