एजेन्सी।अमेरिकाले गत वर्ष इरानबाट बरामद गरेको करिब ११ लाख गोली युक्रेनलाई हस्तान्तरण गरेको छ । मध्यपूर्वमा सञ्चालनको निगरानी गर्ने युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले गत वर्ष डिसेम्बरमा यमनका लागि उडेको जहाजबाट यी गोलीहरू बरामद गरिएको बताएको छ ।
पश्चिमी देशहरूले युक्रेनलाई उनीहरूको हतियार भण्डार घट्दै गएको जानकारी दिएका थिए ।इरानबाट जफत गरिएका यी गोली युक्रेनलाई दिइएको सेन्टकमले जनाएको छ ।गत वर्ष डिसेम्बर ९ मा अमेरिकाले मारवान १ नामक जहाजबाट यी गोली बरामद गरेको थियो ।
त्यो जहाजमा कुनै पनि देशको झन्डा थिएन । अमेरिकी सरकारले जुलाईमा एउटा प्रक्रियामार्फत यो जहाजको स्वामित्व प्राप्त गरेको थियो ।यसमा इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई आरोप लगाइएको थियो । इरानले लामो समयदेखि यमनका हुथी विद्रोहीलाई हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ ।
यसैबिच, इरानले रुसलाई हतियार, विशेष गरी ड्रोनहरू आपूर्ति गरिरहेको खबर आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी