एजेन्सी।अमेरिकाले गत वर्ष इरानबाट बरामद गरेको करिब ११ लाख गोली युक्रेनलाई हस्तान्तरण गरेको छ । मध्यपूर्वमा सञ्चालनको निगरानी गर्ने युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले गत वर्ष डिसेम्बरमा यमनका लागि उडेको जहाजबाट यी गोलीहरू बरामद गरिएको बताएको छ ।
पश्चिमी देशहरूले युक्रेनलाई उनीहरूको हतियार भण्डार घट्दै गएको जानकारी दिएका थिए ।इरानबाट जफत गरिएका यी गोली युक्रेनलाई दिइएको सेन्टकमले जनाएको छ ।गत वर्ष डिसेम्बर ९ मा अमेरिकाले मारवान १ नामक जहाजबाट यी गोली बरामद गरेको थियो ।
त्यो जहाजमा कुनै पनि देशको झन्डा थिएन । अमेरिकी सरकारले जुलाईमा एउटा प्रक्रियामार्फत यो जहाजको स्वामित्व प्राप्त गरेको थियो ।यसमा इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई आरोप लगाइएको थियो । इरानले लामो समयदेखि यमनका हुथी विद्रोहीलाई हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ ।
यसैबिच, इरानले रुसलाई हतियार, विशेष गरी ड्रोनहरू आपूर्ति गरिरहेको खबर आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु