धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ ।नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् ।
प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनेछन्। यसैगरी वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुवबहदुर प्रधानले प्रशिक्षणको महत्त्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धी, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरू र राप्रपाको पृथक् सिद्धान्त बारेमा प्रशिक्षण दिनेछन्
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले नेपालको अर्थतन्त्र र युवाको दृष्टिकोण सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले गलत सूचना सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले “युवा महिला केन्द्रित नवीन राप्रपा र नेतृत्व” सम्बन्धमा, विज्ञ आस्था दाहालले जीइएसआइ परिप्रेक्ष्य मार्फत एकीकृत निर्वाचन विधेयकको विश्लेषण को बारेमा, वरिष्ठ पत्रकार दिलभुषण पाठकले नेतृत्व, सार्वजनिक भाषण र मिडियासँग कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन् ।
प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यसँग संविधानका बारेमा अन्तरक्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो