काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताएका छन् । रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताए ।
नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’
श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा संघर्ष गरिरहेको उनको भनाइ थियो । नेपालले भने, ‘पूँजीपतिको स्वार्थमा मात्र नीति नबनोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौं । त्यसका लागि हामीले संघर्ष गरिरहेका छौं । हामी अहिले मोर्चा र गठबन्धनलाई छोडेर जानेवाला छैनौं ।’
उनले अहिले देशको अर्थतन्त्रमा संकट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताए । नेपालले मिटरव्याजपीडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको समेत बताए ।
उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए । उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’
सामाजिक सद्भाव जोगाउने पक्षमा पार्टी दृढ रहेको नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल
तत्काल सरकारमा जाने मनस्थितिमा छैन: माधव नेपाल
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल