काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । थिमि तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा.५ च २०४९ नम्बरको कार आपसमा ठोक्किएको हो ।
दुर्घटना हुँदा बाटोमा हिँडिरहेका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् ।
मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु