काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । थिमि तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा.५ च २०४९ नम्बरको कार आपसमा ठोक्किएको हो ।
दुर्घटना हुँदा बाटोमा हिँडिरहेका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् ।
मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते