विश्व बैंकले दिने सय मिलियन डलर ऋण स्विकार्ने सरकारको निर्णय

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, २० : १०
विश्व बैंकले दिने सय मिलियन डलर ऋण स्विकार्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३ दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

हिजो (मङ्गलवार) बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदानबापत सात लाख ७५ हजार पाँच सय ३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । 

सरकारले उदय आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने स्विस फ्र्याङ्क ५ दशमलव ४५ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।