साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न साइबर ब्युरोको आग्रह

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १९ : ०६
साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न साइबर ब्युरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्युरोले सचेत गराएको हो । अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने ब्युरोले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउन गतिविधि नगर्न र राष्ट्रिय एकतामा आँच आउने तथ्यहीन सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस