काठमाडौँ । अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका नेताका रुपमा रहेका म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरेका हुन् ।
मंगलबार साँझ भएको मतदानमा उनलाई हटाउने पक्षमा २१६ मत परेका थिए भने, उनको पक्षमा २१० मत परेको हो । सोमबार फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारेका थिए ।
डेमोर्क्याटहरुसँग मिलेर सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको थियो । गेट्जले म्याकार्थीलाई ह्वाइट हाउससँग गोप्य सम्झौता गरी युक्रेनका लागि सहायता जारी राखेको आरोपसमेत लगाएका थिए ।
अब, म्याकार्थीको ठाउँमा रिपब्लिकनहरुको संसदीय दलका नेताका रुपमा को आउँछ भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ असोज २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
अमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा