जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे ।
“वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसै कारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ,” उनले भने, “त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।”
अध्यक्ष नेपालले ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको पार्टी जागरण अभियानका क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने पनि बताए ।
एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान-२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल