धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपिल

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १९ : ०७
धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपिल

काठमाडौँ । सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अपिल गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपिल गरेको छ ।

साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्‍याउने काम नगर्न पनि अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस