काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा. वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताएका हुन् । उनले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताए । डा.वाग्लले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताए ।
उनले ३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताए । डा. वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति समितिलाई दिन काम गरे ।
उनले भारतका मधेश प्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँ दिएर पठाएका भारतीय पर्यटकहरु हवाई उडानमार्फत आइरहेको बताए । उनले नेपालमा भारतमा चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको बताए ।
यस्तो छ उनको भनाइः
सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति के छ । त्यो असोज,कात्तिकमा नै आउनुपर्ने थियो । त्यसको कार्य प्रगति अर्थसमितिलाई दिनुपर्छ । भारतका मधेसप्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँमा दिएर पठाएका भारतीय प्रर्यटकहरु हवाई उडानमार्फत आइरहेको छ ।
चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको छ । औसतमा यस्ता कुराहरु लुक्छन् । सरकारले पत्रपत्र केलाएर दीर्घकालिन रुपमा जाने हो की ४० डलर खर्च गर्ने गरी ल्याउनुपर्छ । सरकारले आशावादको आधार जलविद्युत र निर्यात वृद्धि मान्नु भएको छ । जलविद्युतको समग्र हेर्दा कुल ग्राहस्र्थ उत्पादनमा जम्मा १ प्रतिशत मात्रै छ ।
३ हजार मेगावट जडित क्षेमतामा १ प्रतिशत मात्रै हो । सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्छ । उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्छ । वितीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ । व्यक्तित्वको टकरावले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बन्न हुँदैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाचापत्र दोहोर्याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई डा. स्वर्णिम वाग्लेको आग्रह
स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार
तनहुँ–१ मा स्वर्णिम वाग्ले अगाडि
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले
सांसदको काम थिति बसाल्ने हो: स्वर्णिम वाग्ले