काठमाडौँ । काठमाडौँको न्युरोडस्थित मखन गल्लीमा एक जनाको हत्या भएको छ ।
सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुङ्गाको लिखु गाउँपालिका-४ का सनी कार्कीको हत्या भएको हो । काठमाडौँ प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।
उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न रहेको आरोपमा काठमाडौँ प्रहरी परिसरले २ जनालाई पक्राउ गरेको छ । तर उनीहरूको नाम भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ