२० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, ०७ : ४३
२० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम खरिद अनुगमन कार्यालयको असोज १५ गतेको निर्णयानुसार ती कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो । 

कालोसूचीमा परेका निर्माण व्यवसायी-आपूर्तिकर्ताहरूले एकदेखि ३ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने मंगलबार प्रकाशित सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस