काठमाडौं। राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ९ देखि ११ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।
मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका बिरुद्ध राप्रपाले प्रदेश स्तरिय बिरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
यस्तै कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसँग परामर्श गरी अध्यक्षले टुंगो लगाउने निर्णय भएको श्रेष्ठले बताए ।
यस्तै पार्टीको हित र स्वार्थमा आघात पुग्ने गरी अनुशासनहिन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय पनि भएको छ ।
यसबाहेक महामन्त्री डा धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धि कार्ययोजनालाई अन्तिम रुप दिन बरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्दिमान तामाङ, बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग र महामन्त्रीद्वय डा धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै