काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वार्षिक तालिका सार्वजनिक गरी चैत महिनाको पहिलो हप्तादेखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
परीक्षा तालिकाअनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका र परीक्षा केन्द्र प्रकाशन हुनेछ। आन्तरिक प्राप्ताङ्क इन्ट्री र रुजु चैत मसान्तसम्ममा हुनेछ। वार्षिक परीक्षाको नतिजा प्रकाशन भने असारको दोस्रो हप्ताभित्र गरिने बोर्डले जनाएको छ। यस्तै, पुनर्योगको लागि निवेदन भने नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र दिनुपर्ने कार्य तालिकामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइईको पहिलो दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु
आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
एसइईको समय तालिका सार्वजनिक
१४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा