काठमाडाैं । झापा र सप्तरीबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाकाे मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका-७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।
सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना मानिसहरुले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ