काठमाडौ । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ ।
ग १ ख ८४८५ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही-४ स्थित बबईसोता पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । बसमा १६ जना यात्रु थिए ।
तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।
सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु