काठमाडौ । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्।
आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया-२ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन्। दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते