हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १५ : १७
हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने

काठमाडौं । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । 

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन् । यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रा.लि.का बीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस