काठमाडौं । नयाँबानेश्वरको शान्तिनगरस्थित पुलबाट बाइक तल खस्दा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ५ बजे शान्तिनगरस्थित निर्माणाधीन पुलबाट बाइक खस्दा एक जनाको ज्यान गएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते एक जनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी पुगेर पुलको तल खाडलमा खसेको बाइक निकालेको छ ।
दुर्घटनामा घाइते र मृतकको अझै सनाखत हुन सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु