काठमाडौं । नयाँबानेश्वरको शान्तिनगरस्थित पुलबाट बाइक तल खस्दा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ५ बजे शान्तिनगरस्थित निर्माणाधीन पुलबाट बाइक खस्दा एक जनाको ज्यान गएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते एक जनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी पुगेर पुलको तल खाडलमा खसेको बाइक निकालेको छ ।
दुर्घटनामा घाइते र मृतकको अझै सनाखत हुन सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु