काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक मुलुकले बाटो बिराउँदा देशको हालत बिग्रिएको बताए। राज्यको ढुकुटी लुटेर भातृ सङ्गठन, नेता तथा कार्यकर्तालाई मात्र पक्षपोषण गरेको भन्दै उनले अब जनताले सोच्ने बेला आएको बताए।
नेपालगन्जको नगर भेलालाई सम्बोधन गर्दै उनले गलत नेतृत्वकर्ता नहुँदा ठूलो संख्यामा युवाहरू बिदेसिन बाध्य भएको उनले जनाए। संविधान दिवसका दिन गुन्डा नाइके भनिने रिगलको रिहाइको पनि विरोध गरे । साथै जसले पैसा दिन्छ उसकै लागि नीति बन्ने गरेको उनले आरोप लगाए। जनताले सिटामोल नपाउने वाद नहुने भन्दै उनले भने, नेपालीको दुःख र पीडा नबोल्ने वाद म जान्दिन।
यस्तै केन्द्रीय सदस्य रमेश प्रसाईँले पनि सक्षम र योग्य डाक्टर नहुँदा जन्मभूमिकाको उपचार गर्न खाँचो भएको बताए। पुराना दलहरूले देशलाई थिलथिलो पारेको भन्दै अब सक्षम र योग्य डाक्टरले जन्मभूमिको उपचार गर्नु पर्ने जनाए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'