काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिबारबाट चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनले चीनको हाङजाउमा भइरहेको एसियाली खेलको उद्घाटन समारोहमा समेत भाग लिएका थिए।
प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए। उनको भ्रमण दलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता
जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री प्रचण्ड
जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने
प्रधानमन्त्री प्रचण्डद्वारा अवुधावीस्थित् नेपाली दूतावासको निरीक्षण भ्रमण
प्रधानमन्त्री प्रचण्ड आज बेलुका दुबई प्रस्थान गर्दै