झापा । मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपक प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ५७०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार प्रसाईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ९ सय ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१५ बस्ने ३६ वर्षीय बिजय कुमार राजवंशी र २६ वर्षीय सुमन राजवंशी रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ८६८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ