काठमाडौँ। गुल्मी जिल्लाको कालीगण्डकी करिडोरमा ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
करिडोरको रिडी रुद्धवेनी सडकखण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर-१ विष्णुपञ्चरमा बुधबार राति सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक खुलाउनका लागि हेभी इक्युमेन्टका डोजरहरू प्रयोग गरिएको छ । करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् । रिडी, रुद्धवेनी हर्मिचौर सडक खण्डको सडक कालोपत्रे गर्नका लागि शर्मा सगुन जेभीले काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा
कालीगण्डकी करिडोर: बादरजुङ र काभ्रेभिरको यात्रा सहज