रुकुम पश्चिम। रुकुम पश्चिममा वन फँडानी गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलवार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ ।आरोपी चारै जनालाई अदालतबाट पक्राउ पुर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरू गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ